Techie IT
शनिबार, असार ७,२०८२

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको हो।

यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको हालसम्मकै उच्च एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Mostly Cloudy
5:07 am7:03 pm +0545