डा. तोसिमा कार्कीले रास्वपा फुट्ने कल्पनासमेत नगर्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद डा. तोसिमा कार्कीले रास्वपा फुट्ने कल्पनासमेत नगर्न सबैलाई आग्रह गरेकी छिन् ।
उनले मङ्गलवार बिहानै सामाजिक सञ्जाल मार्फत फेसबुकमार्फत २०८४ को निर्वाचनमा कुनै पनि हालतमा घण्टी बज्ने दाबी गरेकी छन् ।
उनले रास्वपा ठूलो लक्ष्य लिएर गठन भएको दाबी गर्दै देश बनाउनका लागि पार्टी बनेको बताइन ।
कार्कीले लेखेकी छन्, ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन हामी त्यसो हुनै दिँदैनम् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने । चौरासी त हुन्छ हुन्छ । हुनैपर्छ जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ । देश बनाउन हिँड्या हौँ, देश बनाउन । ठूलो छाती ठूलो मुटु लिएर हिँड्या छौ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न ।’
उनले २०८४ मा घण्टी बज्ने भन्दै आफ्नो पार्टीको महाअभियानमा जुट्नका लागि सबैलाई आग्रहसमेत गरेकी छन् । आफूले विधिको शासन भनेर सामाजिक सञ्जालमा लेख्दा फरक-फरक व्याख्या भएको भन्दै सबै ठाउँमा विधिको शासन स्थापित गरेर छोड्ने दाबीसमेत गरिन् ।
उनले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ चौरासीमै बज्छ बरु आउनुस् तपाईँहरू पनि यो महाअभियानमा नछुट्नुस् । विधिको शासन ? ए ए, सबैले आ–आफ्नै व्याख्या प्रतिव्याख्या गर्नुभएछ । विधिको शासन देशमै छैन हजुर । सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हरकतमा छैन । न्यायालयमै छैन । निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ।’
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्