बलिवुड गायक विनीत सिंहको लाइभ शो सम्पन्न
काठमाडौं । प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक, बलिवुड आर्टिष्ट विनीत सिंहको लाइभ शो सम्पन्न भएको छ । उक्त शो आईतबार दरबारमार्ग स्थित प्लाटिनममा भएको हो । शनिवार राती पौने १२ बजे स्टेज उक्लेका उनले डेढ दर्जन गीत गायका थिए । शो सकिदा आईतबार करिब २ बजेको थियो । उनले हुक्का बार लगायतका हिन्दीसहित नेपाली गीत समेत गाएका थिए । विनित सिंहको लाइभ शोमा प्लाटिनियम खचाखच भरिएको थियो । शो अवधिभर दर्शकदिर्घा उनको सुरिलो स्वरमा झुमेका देखिन्थे । त्यसो त बेला बेलामा प्रशंसकहरुले हुटिङ् गरिरहेको देखिन्थ्यो ।
विनित सिंह जस्ता चर्चित भारतिय कलाकारलाई नेपाल ल्याउन पाउँदा आफुलाई निकै खुशी मिलेको आयोजक कम्पनी एल एण्ड एन इभेन्टसका प्रमुख नितिन कायस्थले राज्यदैनिकलाई बताए । ‘कार्यक्रम सफल पार्न हाम्रो व्यवस्थापन टोली, मोडेलहरू, समर्थकहरू, प्रायोजकहरू, तपाईं लगायतका मिडिया, समाचार र टेलिभिजन साझेदारहरूका साथसाथै सबै दर्शकहरू र क्लब प्लेटिनमप्रति आभारी गर्न चाहन्छु’ कायस्थले भने । गायक सिंहले शनिवार पशुपतिनाथको दर्शन समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्