स्थानीय तहलाई जागिरे जिन्दगीबाट बिदा गरियो – केशव गुरागाई
स्थानीय निकायमा मिति २०६८–१०–५ देखि सिनाम गाविसको गाविस सचिबको रूपमा नियुक्ति पश्चात् लिम्बुदिन, फुङ्लिङ,नाङ्खोल्याङ,साब्लाखु,कालिखोला९गाउँमा नपुगिएको०,चाक्सिबोटे, खेवाङ्ग, डुमृसे, खोक्लिङको जिम्मेवारी कहिले एकोहोरो, कहिले दोहोरो त कहिले तेहोरो, त कैले चारवटा सम्मको जिम्मेवारी निर्वाह गर्ने कोसिस गरियो ।
ताप्लेजुङका गाविसलाई बिचार गर्ने हो भने कुनै एक दिन पनि एक गाविस एक सचिब देख्न त के सुन्न पनि पाइएन । अहिले पनि स्थानीय सरकार गठन पश्चात् समेत पनि देख्न पाइएन । र देख्न पाइन्छ जस्तो नि लागेन ।
दिनरात खटी रहँदा पनि स्थानीय सरकारका न्यूनतम गर्नै पर्ने कामहरू सम्झदा पनि पागल भइन्छ । नियुक्तिको भरमा विना तालिम, पुनर्ताजगी नभै मुढे बलका भरमा काम गर्नु पर्ने बिडम्बना स्थानीयमा काम गर्ने कर्मचारीहरूमा छ ।
जतिसुकै नजाने पनि जान्ने पल्टेर काम गर्नु एउटा महत्वपूर्ण बिशेषता नै हो । यो पनि गर्नु पर्ने त्यो पनि गर्नु पर्ने नाइ भन्न मुख नलाग्ने बानीले गर्दा कामको महत्वको छनोट नहुने अर्को महत्वपूर्ण विशेषता हो ।

जे होस जति गाविसको जिम्मेवारी सम्हाले त्यहाँका राजनितिक दल, वडा नागरिक मन्च, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहयोग प्रती कृतज्ञ छु, आभारी छु ।
त्यसपछी स्थानीय सरकारको रूपमा पाथिभरा याङ्वरक गाउंपालिकामा रहँदा सानो कर्मचारीको टिममा काम गर्दा, निर्वाचित प्रतिनिधिसँग काम गर्दाको आत्मियता, सामिप्यता मेरो मस्तिष्कमा अमिट छाप परेको छ र सहयोगी सम्पूर्ण हातहरू प्रती आभार समेत ब्यक्त गर्न चाहान्छु ।
कम्तिमा बर्षमा एक पटक सम्झाओस भन्नका खातिर यो फोटो पनि पोष्ट्याउने बिचार गरें ।
केशव गुरागाई
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्