दैलेखस्थित पेट्रोलियम पदार्थको उत्खनन् गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड

दैलेख, १८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालिन लक्ष्य प्राप्त गर्न दैलेखस्थित पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिएका छन् ।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख जिल्लामा पुगेका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै त्यसको कामलाई थप अघि बढाउनु पर्ने बताए ।
‘दैलेख पुरातात्वीक महत्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले थपे, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।’
अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए ।
दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिदैँ खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिने कुमार नापीतले चीनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताए । उत्खनन् गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको छ । उत्खनन टोलीको प्रतिवेदनका अनुसार उत्खनन्को गर्दा दोस्रो तहमो ग्याँसका रेखाहरु देखिएको नापितले उल्लेख गरे ।
‘चीनियाँ कम्पनी गरेको सिस्मिक सर्भेले ३५ सय देखि ४ हजार मिटरसमको उत्खनन् गर्दा पेट्रोलियम पदार्थको राम्रो सम्भावना देखियो’ नापितले भने, ‘हामीले ४५ सय मिटरसम्मको उत्खनन गर्दा ग्याँस र पेट्रोलियम पदार्थको सम्भावना यहाँ (दैलेख) निकै राम्रो सम्भावना देखियो ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुसँगै उत्खनन् स्थलमा पुगेका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितले अध्ययन प्रतिवेदन हस्तारण गरेका छन् । देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खनन्को अन्तिम अन्वेषणको कामका लागि एमाले अध्यक्ष ओलीको पालामा उत्खनन् स्थलमा आवश्यक पर्ने ४५ रोपनी अधिकरण गर्ने काम र अन्वेषणको काम सुरु भएको थियो ।
दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्