दैलेखस्थित पेट्रोलियम पदार्थको उत्खनन् गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड
दैलेख, १८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालिन लक्ष्य प्राप्त गर्न दैलेखस्थित पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिएका छन् ।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख जिल्लामा पुगेका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै त्यसको कामलाई थप अघि बढाउनु पर्ने बताए ।
‘दैलेख पुरातात्वीक महत्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले थपे, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।’
अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए ।
दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिदैँ खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिने कुमार नापीतले चीनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताए । उत्खनन् गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको छ । उत्खनन टोलीको प्रतिवेदनका अनुसार उत्खनन्को गर्दा दोस्रो तहमो ग्याँसका रेखाहरु देखिएको नापितले उल्लेख गरे ।
‘चीनियाँ कम्पनी गरेको सिस्मिक सर्भेले ३५ सय देखि ४ हजार मिटरसमको उत्खनन् गर्दा पेट्रोलियम पदार्थको राम्रो सम्भावना देखियो’ नापितले भने, ‘हामीले ४५ सय मिटरसम्मको उत्खनन गर्दा ग्याँस र पेट्रोलियम पदार्थको सम्भावना यहाँ (दैलेख) निकै राम्रो सम्भावना देखियो ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुसँगै उत्खनन् स्थलमा पुगेका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितले अध्ययन प्रतिवेदन हस्तारण गरेका छन् । देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खनन्को अन्तिम अन्वेषणको कामका लागि एमाले अध्यक्ष ओलीको पालामा उत्खनन् स्थलमा आवश्यक पर्ने ४५ रोपनी अधिकरण गर्ने काम र अन्वेषणको काम सुरु भएको थियो ।
दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्