Techie IT
बिहीबार, कात्तिक २७,२०८३

पाल्बरलीकंको सहयोगमा जाजरकोटमा ७०० जना भुकम्प पिडितहरुलाई राहात बितरण

मृतक परिवार अपाङ्ग अशक्त, दलित एकल महिला गरि २२ लाखको राहात बितरण


जाजरकोट । कार्तिक १७ गते शुक्रवार राति आएको भुकम्पबाट प्रभावित जाजरकोटका पिडितहरुलाइ राहत वितरण गरिएको छ ।
पाल्वरलीङ्ग सेन्टरले सामाजिक कार्यमा अग्रसर देखाउदै समाजसेवी राजु गुरुङ्गको टिमले स्थानिय समाजसेवी नारायण घर्तीको अगुवाईमा जाजरकोट पुगेर राहत वितरण गरेको हो । पाल्वरलीङ्ग सेन्टरका अध्यक्ष मास्टर सेन्टोकको बिषेश अगुवाइमासो कार्य भएको हो ।

पाल्वरलीङ्ग सेन्टरका अध्यक्ष मास्टर सेन्जोङ्ग
पाल्वरलीङ्ग सेन्टरका अध्यक्ष मास्टर सेन्जोङ्ग

कार्तिक १७ गते गएको भुकम्पमा परि धन जनको क्षती भएर जाजरकोट मात्रै नभयर सिंगो देश नै शोकमा डुबेको बेला सहयोग गरिएको संस्थापक राजु गुरुङ्खले बताउनु भयो । गुरुङ्खका अनुसार भुकम्पमा परेर ज्यान गुमाउने मृतक परिवारहरु र सुत्केरीहरु , पिडित र बालबालिका सहित करिव ७०० जनालाइ उपलब्ध गरिएको छ ।

अभियान्ताको टिमले जाजरकोटको नलगाड नगरपालिका वडा नं ३ मा आवश्यक सामाग्री खाध्यान, ब्याङ्खकेट , त्रिपाल ,लुगा कपडा, बच्चाहरुलाइ स्टेशनरी सामान लगायतको राहत सामाग्री प्रदान गरेको छ ।दैलोमानै पुगेर मृतकका परिवारलाई, अपाङ्ग अशक्त, दलित परिवार, एकल महिला, वृद्ध वृद्धा, अनाथ र, पुर्ण रुपमा क्षती भएका घर घर बस्तीमा गएर प्रत्यक्ष पीडित परिवारहरुलाई सहयोग गरिएको हो ।

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ।

पालबरलीङ्गले करिब २२ लाख रुपैया बराबरको राहात सामाग्री बितरण गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #pal barling, #palbarling, #palbarling Nepal, #पाल्बरलीकंको सहयोगमा जाजरकोटमा ७०० जना भुकम्प पिडितहरुलाई राहात बितरण, #पाल्वरलीङ्ग सेन्टर


तपाईको कमेन्ट लेख्नुहोस्