सांसद सवार गाडीलाई ठक्कर दिएर पल्टिएको टिपरका कारण कोशी राजमार्ग अबरुद्ध
बिराटनगर – शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । शनिबार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको हो ।
ओरालो बाटोमा ब्रेक फेल भएको टिपरले पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का चढेको स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा सो स्थानमा अहिले दर्जनौं सवारी साधन रोकिएर बसेका छन् । टिपर हटाएर सडक खुलाउन क्रेन मगाइएको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।
प्रदेश २–०३– ००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भएर र अर्को नम्बर नखुलेको टिपरसँग ठोकिएर सडकमा पल्टँदासँगै रहेको सांसद खड्का सवार गाडीलाई शनिबार साँझ ठक्कर दिएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको हो ।
संखुवासभाबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३– ००१ क १५२१ नम्बरको टिपरले साँझ ठक्कर दिएको हो ।
टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगेपनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।
दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटना भएको ठाउँमा केहि दिनअघिदेखि सडकको भित्तामा एक टिपर पल्टिएर रहेको बसेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot, #माननीय दिपक खड्का, #संखुवासभा, #सडक दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्