वीरगञ्ज नाकाबाट ४ महिनामा १ हजार २७ सवारी साधनको जाँचपास
वीरगञ्ज । मुलुकको आर्थिक गतिविधि चलायमान बन्दै गएपछि वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात बढ्नुको साथै सवारी साधनको जाँचपास हुने क्रम समेत बढेर गएको छ ।
चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज नाकाबाट १ हजार २७ थान जीप, कार, भ्यान, बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन् भने ८ हजार ८ सय ६९ थान मोटर साइकल वीरगञ्ज नाका हुँदै जाँचपास भई मुलुकका विभिन्न स्थानमा गएका छन् । यसबाट ३ अर्ब ६४ करोड ९९ लाख ४१ लाख राजस्व असुली भएको छ ।
वीरगञ्ज भन्सार कार्यालय आईसिपीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष ४ महिनामा वीरगञ्ज हुँदै भित्रिएका ६ सय ९९ जिप, कार, भ्यान भन्सार जाँचपास भएका छन् ।
यसबाट २ अर्ब ४२ करोड, ७५ लाख राजस्व प्राप्त भएको छ । त्यसैगरी वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ४ महिनामा ८ हजार ८ सय ६९ वटा मोटर साइकल भन्सार जाँच पास भई गएका छन् । यसबाट ८० करोड, १९ लाख, ८० हजार राजस्व प्राप्त भएको छ ।
त्यसैगरी सो अवधिमा ३ सय २८ वटा बस ट्रकका चेसिस जाँचपास भएका छन् । यसबाट ४२ करोड ४ लाख ५६ हजार राजस्व प्राप्त भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
वीरगन्ज तथा सिर्सिया सुक्खा बन्दरगाह भन्सारको नियमन गर्दै आएको इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको हाल सम्म १ हजार २७ थान नयाँ जीप, कार, भ्यान, ट्याक्टर तथा बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन् । हाल वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरमा जाँचपास नगरी पार्किङ गरिएका नयाँ सवारी साधन समेत १ हजार ५ सय २५ भन्दा बढीको सङ्ख्यामा रहेको इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालयको प्रमुख कमल ज्ञवालीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्