ग्यास सिलिन्डर पड्किँदा मानव सेवा आश्रममा आगलागी
बागलुङ। मानव सेवा आश्रम, बागलुङमा ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-३ किनारा टोलमा रहेको आश्रममा शुक्रबार बिहान ७ बजे आगलागी भएको हो ।
आश्रमका कर्मचारी र टोलवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको जानकारी दिनुभएको थियो । नयाँ ग्यास जोड्दा ग्यास लिक भएर आगलागी भएको मानव सेवा आश्रमका सञ्चालक विपना तामाङले जानकारी दिनुभयो ।‘आगलागी सुरु भएपछि हामीले तत्काल त्यहाँ भएको दुई वटा ग्यास सिलिण्डर हटाएका थियौँ, उहाँले भन्नुभयो।
आगलागीले भान्छामा भएको फ्रिज र केही सामान नष्ट भएको छ । घटना घटेको २० मिनेटपछि मात्र प्रहरी आएको थियो । आगलागी भएको आधा घण्टा हुँदा पनि बागलुङ नगरपालिकाको दमकल आउन सकेन । दमकल चालकको मोबाइलमा पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको उहाँले बताउनुभयाे।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्