रविको राजनीतिक प्रतिवेदन : मध्यावधि हुनसक्छ, स्ट्याण्डबाइ रहौंं
१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन् ।
सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै लामिछानेले चार वर्ष पर्खदा मूलुक झन् उधो गतिमा जाने उल्लेख गरेका छन् ।
‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ?’ प्रतिवेदनमा उनले भनेका छन् ।
सबै पुराना दलहरू मिलेर सत्ता सञ्चालन गर्न उपयुक्त हुने धारणा लामिछानेले राखेका छन् । प्रतिपक्षी भूमिका आफ्नो पार्टीले निर्वाह गर्ने उनले प्रतिवेदनमा लेखेका छन् । ‘यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ?’ प्रतिवेदनमा उनले पुराना दललाई प्रश्न गरेका छन् ।
संकटमा व्यवस्था नभएको र पुराना दलमा रहेको लामिछानेको दाबी छ । मध्यावधिका लागि पार्टी तयार भएर बस्नुपर्ने उल्लेख गर्दै नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन । ‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचनालाई ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिन्छु,’ प्रतिवेदनमा भनिएको छ ।
यही सिलसिला थप ४ वर्ष चल्ने हो भने मुलुकले बेहोर्ने घाटा हिसाब गरी साध्य नहुने प्रतिवेदनमा उल्लेख गर्र्दै मध्यावधिको विकल्प अघि सारेका छन् ।
रास्वपा सभापति लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको प्रतिवेदनमा औंल्याएका छन् । ‘प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ ।
लामिछानेले यही व्यवस्था अन्तर्गत रहेर सबै खालका परिवर्तन गर्न सकिने उल्लेख गरेका छन् । ‘यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबै खाले परिवर्तन गर्न सम्भव छ भन्ने निष्कर्षका साथ पार्टी गठन गरेका थियौं । हाम्रो त्यो निष्कर्ष अहिले पनि कायमै छ,’ प्रतिवेदनमा भनिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्