दोस्रो एनटिए लिग तेक्वान्दो बिहीबारबाट
काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटिए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारबाट ललितपुरमा सुरु हुने भएको छ।
संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते बिहीबारबाट १६ गतेसम्म प्रतियोगिता गरिने जानकारी दिएको हो।
प्रतियोगितामा पुम्से र ग्यरोगी तर्फबाट ७२ स्वर्ण पदका लागि ६५० खेलाडीले सहभागिता जनाउने संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए।
प्रतियोगिताबाट खेलाडीहरूको राष्ट्रिय वरिताक्रम मापन गरी सोही बमोजिम स्तर र वर्गीकरण गरिने उनले बताए। प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीको सहभागिता रहने चन्दले जानकारी दिए।
खेलहरू ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने संघले जनाएको छ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्