व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने

१३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको परियोजनाको ग्रेस अवधिको ब्याजलाई आयोजनाले व्यवसायिक उत्पादन सुरू गरेपछि सञ्चित मुनाफामा देखाउन सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन–२०८० लाई संशोधन गर्दै परियोजना सम्पन्न भएपनि ग्रेस अवधिमा ब्याजलाई सञ्चित नाफामा देखाउन सक्ने र लाभांश वितरण गर्नसक्ने व्यवस्था गरिदिएको हो ।
हाल व्यावसायिक उत्पादन सुरु गरेपछि पूँजीकृत ब्याजलाई ‘इन्ट्रेस्ट क्यापिटलाइज लोन’ मा छुट्टै लेखाङ्कन गर्नुपर्ने व्यवस्था छ । यस्तो लोनमा लेखाङ्कन भएको पूँजीकृत ब्याजलाई आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफाबाट घटाएर ‘इन्ट्रेस्ट क्यापिटलाइज रिजर्भ’ मा राखनुपर्ने व्यवस्था छ ।
यस्तो पूँजीकृत भएको ब्याजको लोन बैंकहरुले पूँजीकृत ब्याजको प्राप्त भएपछि मात्रै सचित नाफामा देखिएर लाभांश बाँड्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्