फागुनसम्मका लागि खरिदार कर्मचारीको सरुवा स्थगन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सोसरहका कर्मचारीको सरुवा आगामी फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई मङ्गलबार परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी दिँदै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत गरेको छ ।
लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका कार्यालयमा सरुवा भइजाने क्रम देखिएको भन्दै मन्त्रालयले फागुन मसान्तसम्म खरिदारको सरुवा स्थगन गरेको हो ।
बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिरहेका बढुवामा मर्का पर्ने भएकाले मन्त्रालयले उक्त पदका लागि सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य स्थगित गरेको हो ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्