Techie IT
शुक्रबार, वैशाख २६,२०८२

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ ?


मंसिर । नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।  बिहीबार प्रहरी प्रधान कार्यालयले सरुवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयकाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीको काज सरूवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ । उनको ठाउँमा भने भूपेन्द्रबहादुर खत्री आएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय अपराध तथा अनुसन्धान महाशाखा हेटौंडामा सरूवा भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौंडामा रहेका दीपक रेग्मीको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरूवा भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल प्रहरीका १५ एसएसपी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:16 am6:43 pm +0545