द्वन्द्व व्यवस्थापन जसरी हुनुपर्थ्यो त्यसरी भएन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कारण देशको परिस्थिति अत्यन्त गम्भीर बन्दै गएको दाबी गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको बताएका हुन्।
उनले भने,‘देशको सार्वभौम सत्ता र स्वाभिमानमाथि गठबन्धनले प्रहार गराइरहेको छ। यो देशका लागि खतरनाक कु्रा हो। सत्ता स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन अगाडि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित कमजोर बनेको छ।’
सत्ताका लागि अरुका लागि कन्फटेबल हुँदा देशलाई अफ्ठ्यारोतर्फ धकेलिने खतरा बढेको धारणा राखे। उनले राजनीतिक रुपमा अस्थिरता रहेको बताए। ओलीले भने,‘अस्थिरताको बाटो अस्वभाविक रुपमा भइरहेका छन्। पहिले देखिनै अस्वभाविक क्रियाकलाप भइरहेका छन्। हामीले भन्दाभन्दै नहुनुपर्ने काम भयो। द्वन्द्व व्यवस्थापन जसरी हुनुपर्थ्यो त्यसरी भएन। संविधान नमान्ने, कानु्न नमान्ने पक्षलाई सम्मान र सत्ता सुम्पने काम भयो।’
ओलीले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’अभियान सफल पार्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए। एमालेले झुलाघाटबाट मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’सुरु गर्दैछ।
कात्तिक २२ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मध्यपहाडि लोकमार्ग यात्राको मिति तय गरेको हो। लोकमार्ग यात्रा विशेष अभियान मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आरम्भ गर्ने एमालेले जनाएको छ। यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।
अध्यक्ष ओलीको नेतृत्वमा सञ्चालन गरिने अभियानका क्रममा मध्यपहाडि लोकमार्गका विभिन्न शहरी क्षेत्रमा सभा, भेला, अन्तरक्रिया गर्दै, ऐतिहासिक स्थलहरूको अवलोकन, उद्यमी व्यवसायीहरूसँग भेटघाट, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्दै, जनताका गुनासा सुन्दै, विकासका चुनौतीहरूका बारेमा जानकारी लिँदै अगाडि बढ्ने भएको छ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्