आजदेखि हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

४ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई सोमबारदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।
अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ खुला भएको हो । कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन हुने भएकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।
वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । मंसिर १८ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट आवेदन दिन सकिनेछ ।
गत असार मसान्तसम्मको कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा तथा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
इक्रा नेपालले कम्पनीलाई ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहनका लागि कम्पनी मध्यम माथिल्लो स्तरमा रहेको जनाउँछ ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्