विश्वकपमा कोहली सर्वोत्कृष्ट खेलाडी घोषित

भारतीय टिमका पूर्वकप्तान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् ।
उनले यसपटक ११ खेलमा ३ शतक र ६ अर्धशतकको मद्दतमा ७ सय ६५ रन बनाए । कोहलीको सानदार प्रदर्शनका बाबजुद फाइनलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पराजित भयो ।
फाइनलमा जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको हो । यसाघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत भने यसपटक पनि चुक्यो ।
भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । ऊ यसपटक अपराजित रहँदै फाइनल पुगेको थियो । भारतले फाइनलमा पनि सजह जित निकाल्ने धेरैको अनुमान थियो । तर, उपाधि भिडन्तमा भारतको ब्याटिङ/बलिङ नै कमजोर देखियो ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्