साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा Data Analytics for Research using JAMOVI कार्यशाला सम्पन्न
टोखा काठमाडौ । साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा शिक्षकहरुका लागि Data Analytics for Research using JAMOVI कार्यशाला सम्पन्न भएको छ । बिशेष गरि कलेजले अनुसन्धान कार्य गरिरहेका अनुसन्धानकर्ता एवम् विश्वविद्यालय तहमा प्राध्यापनरत शिक्षकहरुलाई कार्यशाला सम्पन्न गरिएको कलेजका प्राज्ञिक प्रमुख रवि चापागाईंले बताउनुभयो ।
प्राज्ञिक प्रमुख चापागाँइका अनुसार सो कार्यशाला कार्तिक १७ देखि कार्तिक २५ गते सम्म चलेको थियो । र्काक्रमको समापन समारोह त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा डिल्लीराज शर्माको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

सोही समारोहमा सहायक क्याम्पस प्रमुख हरि सिंह के.सीले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुहुन्दै प्रभावकारी शिक्षण सिकाई गतिविधि र शिक्षकको पेशागत व्यावसायिकता वृद्धि गर्नका लागि यो तालिम आयोजना गरिएको जानकारी दिँदै सिकाइलाई स्वतन्त्रता र विद्यार्थीकेन्द्रित बनाउनुपर्नेमा जोडदिनुभयो ।
साउथवेष्टर्न स्टेट कलेजले आषाढ महिनामा मात्रै शिक्षासँग सम्बन्धित अन्तरक्रिया, तालिम, कार्यशाला गोष्ठि जस्ता तीन दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेको छ । गुणस्तरीय शिक्षाका लागि पेशागत व्यावसायिकता पी।डि। सार्वजनिक निजी साझेदारी (पब्लिक–प्राइभेट पार्टनरसिप) र संस्थागत सार्वजनिक उत्तरदायित्व (सि।एस।आर) अन्तर्गत साउथवेष्टर्न कलेज निरन्तर सरोकारवाला सबैसँग सहकार्य गर्दै आएको छ।
.
क्याटेगोरी : समाचार
ट्याग : #साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा Data Analytics for Research using JAMOVI कार्यशाला सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्