Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले तारकेश्वरको बैठक : जिल्ला नगर अधिवेशनको पूर्व तयारी , मंसिर ७ गते प्रदर्शनमा जनसहभागीता गराउने


तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वर नगरकमिटिको बैठक बसेको छ । बैठकमा मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारी ,संगठन सुद्धिकरण र आगामी कार्ययोजना , वडा कमिटि गठन पूर्न गठन , जिल्ला नगरअधिवेशनको पूर्व तयारी लगायतका बिभिन्न बिषयमा  छलफल भएको नगर सचिव राजु तिमिल्सिनाले बताउनु भयो ।

सचिव तिमिल्सिनाका अनुसार सो सचिवालय बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध सदस्यहरू, शाखा कमिटिका अध्यक्षहरु ,जनसंगठनका पदाधिकारी, प्रदेश , जिल्ला कमिटिका कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ र अखिलले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल भएको हो ।

बैठकमा अध्यक्ष बासु गौतम , प्रदेश सभासद अमन मास्के, एमाले काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौला , पोलिटब्यूरो सदस्य एवं काठमाडौ जिल्ला ईन्चार्ज आनन्द पोखरेलको उपस्थीती रहेको थियो ।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ र अखीलले यही मंसिर ७ गते भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकता विरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर काठमाडौं


तपाईको कमेन्ट लेख्नुहोस्