२० हजार धरौटीमा छुटे टीबी कार्की,बद्री केसीको धाँधलीका सहयोगीद्वारा प्रहरी हिरासतमा पनि ‘धाँधली’ !
काठमाडौँ । जुवा खालबाट पक्राउ परेका एनआरएनएका पुर्व उपाध्यक्ष एबं एघारौं महाधिवेसनका निर्वाचन समिती सदस्य टीबी कार्की २० हजार रुपैयाँ धरौटीमा छुटेका छन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रबार उनलाई २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुविरुद्धको मुद्दा सीडीओ कार्यालयमा बुझाएकोमा सीडीओले धरौटीमा छुट्ने आदेश दिएका हुन । कार्की गत आइतबार राजधानीको स्वयम्भू क्षेत्रबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकामा टीकाको अघिल्लो दिन हाजिर जमानीमा रिहा गरिएको थियो ।
उनीसँगै पक्राउ परेका सबैलाई जनही २ हजार धरौटी तिराएर छाडिएको छ । कार्की एनआरएनएका पूर्व उपाध्यक्ष हुन् भने ११ औँ महाधिवेशनमा निर्वाचन कमिटीका सक्रिय सदस्य थिए । उनले बद्री केसीलाई निर्वाचनको धाँधलीमा सघाएको आरोप छ ।
एनआरएनएको धाँधलीलाई वैधानिकता दिने एक व्यक्ति कार्कीले प्रहरी हिरासतमा पनि त्यस्तै हर्कत गरेको पाइएको छ । राजनीतिक फाइदाका लागि कहिले एमाले त कहिले नेकपा एकीकृत समाजवादीको रुपमा उभ्याउने पूर्वउपाध्यक्ष टीबी कार्की यतिबेला एनआरएनएभित्र बहसको विषय छन ।
महाधिवेशन अन्तरगतको चुनावमा धाँधली भएपनि उनले त्यसलाई वैधता दिन मतियारको भूमिका खेलेपछि एनआरएनए नै दुई भागमा विभाजित भएको छ । गत अक्टोबर २१ मा निर्वाचन समितीको सदस्यको हैसियतमा उनले निर्वाचन समितिका अन्य सदस्यहरुलाई धम्की र लबिङ गरेर विवादका बीच बद्री केसीलाई अध्यक्षको शपथ खुलाउन भूमिका खेलेका थिए । जवकि अघिल्लो दिन तीन अध्यक्षले जारी गरेको विज्ञप्तिमा दुई सातासम्म धाँधलीको विषयमा अध्ययन गरेर निर्वाचन प्रक्रिया टुंग्याउने सहमति भएको थियो ।
तर, सहमति विपरीत उनले एनआरएनएको भविष्यलाई नै संकटमा लग्नेगरी आफैँ कार्यक्रम सञ्चालन गरेर केसी र उनका आसेपासेलाई शपथ खुवाएका थिए । उक्त शपथको विरोध गर्दै आरके शर्मा र महेश श्रेष्ठ एक ठाउँमा उभिँदै आरकेको नेतृत्वमा नयाँ कार्यसमिति बनाएपछि केसीलाई अवैध अध्यक्षका रुपमा असन्तुष्ट पक्षले लिँदै आएकोमात्रै छैन संघको वैधानिकता समेत संकटमा पुगेको अवस्था छ । संघभित्रको विवादकै कारण हालसम्म संस्थाको नवीकरण समेत हुन नसकेको हो ।
यहीबीचमा उनै टीबी कार्की गत आइतबार राति राजधानीको स्वयम्भू क्षेत्रबाट पक्राउ परे । उनी जुवाको खालबाट पक्राउ परेका हुन । पटक पटक जुवाको खालबाट पक्राउ परेर पटकेको छवि बनाएका उनी कानुनको सही कार्यान्वयन हुन्थ्यो भने तिहारभर प्रहरी हिरासतमै हुन्थे । तर, उनले एमालेका नेतादेखि एकीकृत समाजवादीका पदाधिकारी तहसम्मका नेतालाई प्रयोग गरेर केही दिन हिरासतमा बसी रातारात रिहा भए ।
उनलाई छुटाउन यतिसम्म दबाब आयो कि आईजीपीले समेत प्रहरी वृत्त स्वयम्भुकी डीएसपी पूर्णिमा चन्दलाई दबाब दिएका थिए । केही नलागेपछि दुई दिन हिरासतमा बसेर उनी हाजिर जमानीमा छुट्न सफल भएका थिए । तिहार मनाउनकै लागि उनी अनुसन्धान अधिकृतको निर्णयको आधारमा छु्टेको बताइएको छ ।
उनीसँगै जुवाकाण्डमा दुई दर्जन भन्दा बढी पक्राउ परेकामा एनआरएनएमा आबद्ध मात्रै तीन जना थिए । जसमा छाड्नका लागि टीबीका मान्छेहरुले तारन्तार दवाव दिएका थिए । ‘उनको मान्छेहरुले यति फोन गरेकि वृत्तकी डीएसपी निकै तनावमा देखिन्थिन । उनको केही नलागेपछि हाजिर जमानीमा छाडियो’, एक प्रहरी अधिकारीले भने, ‘एनआरएनएको चुनावमा धाँधलीमा कार्कीले सहयोग गरेको प्रस्ट देखिन्छ । अहिले त आफैँ धाँधलीमा लागेर रिहा भए ।’
रिहा भएपछि उनी गृहनगर पुगेर टिका लगाएका थिए । जिल्ला प्रहरी परिसरका एक अधिकारीले उनीलगायतविरुद्धको मुद्दा शुक्रवार नै सिडीओ कार्यालयमा पठाई फास्ट ट्र्याकबाट मिलाइएको बताए । त्यसपछि उनलाई सीडीओले जरिवाना तिरेर धरौटीमा छाड्ने निर्णय गरेका छन । जुवाडेलाई ३ महिनासम्म जेल हाल्ने नियम भएपनि त्यसको कार्यान्वयन भने फितलो बनाई धरौटीमा रिहा गरिएको छ । पहुँचको भरमा यस्ता कार्यलाई प्रोत्साहन गर्नेगरी राजनीतिक तहबाटै गतिविधि गरिएको छ । जसका कारण टीबीहरुजस्ताले उन्मुक्ति पाइरहेका हुन्छन । कार्की जस्तै सँयौ अहिले पनि जुवा तास खेलेको अभियोगमा हिरासतमा छन । नेपालको कानुन ठुलालाई एन सानालाई चैन भनेजस्तै शक्तीको आडमा कार्कीजस्ताले कानुनलाई धोती लगाउने गरेका छन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्