समाजसेवी गुरुङ’हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड ’बाट सम्मानित

काठमाडौँ – समाजसेवी जगत बहादुर गुरुङ’हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड ’बाट सम्मानित भएका छन् । उनी राष्ट्रिय पर्यटन पत्रकार संघको छैठौँ बार्षिक साधारण सभा माझ सम्मानित भएका हुन ।
संघले काठमाडौं मा आयोजना गरेको समारोहबीच पर्यटनमा लागेर विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको थियो । कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले खादा माला र मेडल सहित सम्मानपत्र दिएर उनलाई सम्मान गरेका थिए । सम्मानित भएपछि गुरुङले आफुलाई थप जिम्मेवारी थपिएको महशुस भएको बताए ।
उनले अझै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफु संधै सक्रिय रहेर काम गरिरहने बताए । सोही अवसरमा अन्य विभिन्न व्यक्तित्व समेत सम्मानित भएका थिए ।
सम्मानित गुरूङले दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि आदि थुप्रै कार्यहरुमा समाजसेवी गुरूङ को ठुलो योगदान रहदैं आएको छ ।
सो अवसरमा संघले नेपालको पर्यटन र भिजिट ट्वान्टी ट्वान्टीलाई मध्ये नजर गर्दै बहस कार्यक्रम समेत संचालन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जगत बहादुर गुरुङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्