भूकम्प प्रभावितका लागि गोरखाका स्थानीय तहले १२ लाख प्रदान गर्ने
गोरखा । गोरखाका पालिकाहरूले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूका लागि आर्थिक सहयोग गर्ने भएका छन् ।
भूकम्प प्रभावितको पुनर्स्थापनामा सहयोग हुने गरि आर्थिक सहायता उपलब्ध गराउन लागिएको गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगरले बताउनुभयो ।
जिल्लामा रहेका ११ वटा पालिका मध्य ९ वटा गाउँपालिकाबाट एक/एक लाख र दुई वटा नगरपालिकाबाट एक लाख पचास हजारका दरले तीन लाख गरी कूल १२ लाख उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले बताउनुभयो ।
जिल्ला समन्वय समितिले पालिकाहरूबाट रकम सङ्कलन गरी सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन कोषमा पठाउने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो ।
भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन र वितरण एकद्धार प्रणाली अन्तर्गत भइरहेकाले जिल्लाबाट पनि सोही अनुसार सहयोग रकम हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्