Techie IT
शुक्रबार, वैशाख २६,२०८२

काठमाडौंमा छठ पर्वको तयारी अन्तिम चरणमा


काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।

कमलपोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिवारसम्म सबै काम सकिने बताउनुभयो । उहाँले । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताउनुभयो ।

त्यस्तै, गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताउनुभयो । उहाँले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिबारसम्म सकिने बताउनुभयो ।

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरुको संख्या कमी हुने आँकलन गरेको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंकोमा छठ पर्वको तयारी अन्तिम चरणमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:16 am6:43 pm +0545