अनलाइनबाट सपथ दिलाउने काम नगर्न,नगराउन एनआरएनएको आग्रह
काठमाडौँ -गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले पूर्व अध्यक्ष बद्री केसी पक्षले संघका नव निर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन ।
सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष शर्मा तथा महासचिव सुवेदीले गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया त्रुटीपूर्ण रहेको पूर्व अध्यक्ष बद्री केसी लगायतले स्वीकारेको र परराष्ट्र मन्त्रालय पनि यसबारे अवगत रहेको बताएका छन । उक्त तथ्यलाई नदेखेझैं गरी सपथ गराउन लागिएको भन्ने विवरणहरु प्रति आफ्नो ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन ।
“गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७.५.७ मा “हरेक राष्ट्रिय समन्वय परिषदबाट नव निर्वाचित आइसीसी सदस्यहरुको सपथ ग्रहण नेपालमा अन्तराष्ट्रिय समन्वय परिषदका नव निर्वाचित पदाधिकारीहरु संगै हुनेछ” भन्ने उल्लेख छ । त्यस्तै सोही विधानको दफा २१.७ मा “अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया शुरु भए पछि अन्तरराष्ट्रिय समन्वय परिषदले निर्वाचनमा प्रभाव पार्ने गरी कुनै नियमावलीहरु परिवर्तन वा परिमार्जन गर्न पाइने छैन” भन्ने उल्लेख छ । यसरी संघको विधानको उल्लङ्घन गरी गराउने भनिएको कथित सपथ अवैध हुने स्वत: स्पष्ट छ। त्यसैले कुनै पनि भ्रममा नपर्न र कथित सपथ दिलाउने काम नगर्न, नगराउन पनि हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ :
प्रेस विज्ञप्ति
सबै साथीहरुमा तिहार (दीपावली), म्ह पुजा, नेपाल सम्वत् तथा छठको अवसरमा मंगलमय शुभकामना। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया त्रुटीपूर्ण रहेको पूर्व अध्यक्ष बद्री केसी लगायतले पनि स्वीकारेको र परराष्ट्र मन्त्रालय पनि यसबारे अवगत रहेको स्पष्ट छ। उक्त तथ्यलाई नदेखे झैं गरी सपथ गराउन लागिएको भन्ने विवरणहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ।
गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७.५.७ मा “हरेक राष्ट्रिय समन्वय परिषदबाट नव निर्वाचित आइसीसी सदस्यहरुको सपथ ग्रहण नेपालमा अन्तरराष्ट्रिय समन्वय परिषदका नव निर्वाचित पदाधिकारीहरु संगै हुनेछ” भन्ने उल्लेख छ। त्यस्तै सोही विधानको दफा २१.७ मा “अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया शुरु भए पछि अन्तरराष्ट्रिय समन्वय परिषदले निर्वाचनमा प्रभाव पार्ने गरी कुनै नियमावलीहरु परिवर्तन वा परिमार्जन गर्न पाइने छैन” भन्ने उल्लेख छ। यसरी संघको विधानको उल्लङ्घन गरी गराउने भनिएको कथित सपथ अवैध हुने स्वत: स्पष्ट छ।
त्यसैले कुनै पनि भ्रममा नपर्न र कथित सपथ दिलाउने काम नगर्न, नगराउन पनि हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं। साथै, संसारभरि रहनु भएका सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई संघलाई सबैको साझा र पारदर्शी बनाउन तथा अखण्ड एनआरएनएको पक्षमा उभिदिनु हुन अपिल गर्दछौं।
आरके शर्मा बुद्धि सागर सुवेदी
अध्यक्ष महासचिव
एनआरएनए आइसीसी (२०२३-२५)
मिति: १३ नोभेम्वर २०२३
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्