विश्व कप क्रिकेटमा भारत अपराजित रहँदै सेमिफाइनलमा : नेदरल्यान्ड्स १ सय ६० रनले पराजित
काठमाण्डाै – घरेलु टोली भारत आईसीसी विश्व कप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।
हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत समूह चरणका सबै ९ खेलमा जितकासाथ सेमिफाइनलमा पुगेको हो । जितको लागि ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अलआउट भयो ।
नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ५४ रन बनाए । भारतका कुलदीप यादव, रविन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले समान २ विकेट लिए ।
त्यस्तै, विराट कोहली र रोहित शर्माले एक/एक विकेट लिए । भारतले नेदरल्यान्ड्ससँगको खेलमा आफ्ना ९ खेलाडीलाई बलिङ गरायो । त्यसअघि बेङ्लोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो ।
भारतका श्रेयस ऐर सर्वाधिक १ सय २८ रनमा अविजित रहे । लोकेश राहुल १ सय २ रनमा आउट भए । रोहित शर्मा ६१, शुभमन गिल र विराट कोहली ५१ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डी लिडले २ तथा रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक/एक विकेट लिए ।
भारतले पहिलो सेमिफाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा नोभेम्बर १६ तारिखमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #विश्व कप क्रिकेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्