Techie IT
शुक्रबार, वैशाख २६,२०८२

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने


काठमाडौँ,  कात्तिक स् काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

प्रजिअ बस्नेतले भने,“उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ ।”

उनले भने,“आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।” जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँ उपत्यकामा रातभर देउसी, #भैलो खेल्न पाइने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545