Techie IT
बिहीबार, कात्तिक २७,२०८३

टोखा नगरपालिकाद्धारा जाजरकोट भूकम्पपीडितका लागि रु दश लाख सहयोग , कर्मचारीहरुले एक दिनको पारीश्रमीक सहयोग गर्ने


टोखा काठमाडौं । टोखा नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि रु दश लाख सहयोग गर्ने निर्णय गरेको छ।

नगर उपप्रमुख मुराराी तामाङ्खको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.पीले जानकारी दिए।

भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै यस नगरपालिकाभित्र पनि भूकम्पको धक्काका कारण केही घर भत्किन गएको सूचना प्राप्त भएकाले नगरवासीलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

साथै नगरपालिकामा कार्यरत कर्मचारीहरुको एक दिनको पारीश्रमीक बाट हुन आउने ४९ हजार रुपैया समेत सहयोग गर्ने बताइएको छ । भूकम्पपीडितका सहयोगका लागी बिभिन्न संघ संस्थालाई समेत अनुरोध गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकाद्धारा जाजरकोट भूकम्पपीडितका लागि रु दश लाख


तपाईको कमेन्ट लेख्नुहोस्