Techie IT
शनिबार, जेठ १६,२०८३

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने भीमबहादुर पक्राउ


काठमाडौं : कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। उनले कतारमा पार्लरको काममा लगाइदिने भन्दै अनिता मगरातीसँग एक लाख ८६ हजार ठगी गरेका थिए।

उनले कतारमा ६० हजार तलब पाउने आश्वासन दिँदै उक्त रकम ठगी गरेको काठमँडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।

बिहीबार बसुन्धाराबाट पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्