तस्करीको साढे ९ लाख मूल्यको पटाका नष्ट
झापा : तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
बरामद गरिएको १० वटा बोरामा जगमग बम,खुर्सानी बम,रकेट, झिरझिरे,अनारलगायतको पटाकाहरू रहेको डीएसपी श्रेष्ठले बताए । चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि नाकामा खटिएका सशस्त्र प्रहरीले निगरानी बढाउँदा सो मुल्य बराबरको पटाका बरामद भएको उनको भनाइ छ ।
बरामद गरिएको पटाकालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरभित्र खाडल खनेर स्थानीय जनप्रतिनिधि,झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीको रोहवरमा शुक्रबार बिहान नष्ट गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्