Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त


काठमाडौं, २४ कात्तिक । कात्तिक २३ गते एभरेष्ट बैंकको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा। बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

साथै उनले आज नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा। वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहेका डा। बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त


तपाईको कमेन्ट लेख्नुहोस्