काठमाडौं महानगरमा राति १ बजेसम्म देउसी भैलोको अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा देउसी भैली खेल्ने समय तोकेको छ । महानगरपालिका भित्र रातको १ बजेसम्म देउसी भैलो खेल्ने समय तोकेको हो ।
यसअघि कोभिडका कारण तथा सुरक्षाका कारणले गर्दा तिहारमा राति ९ बजेसम्म खेल्न अनुमति दिइएको थियो । यो वर्ष महानगरको नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको मेयर बालेन साहले बताए ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै १ बजेसम्म देउसी भैलो खेल्न आग्रह गरेका छन् । साथै उक्त समयम्मि नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।
मेयर बालेनले लेखेका छन्,‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो । यो वर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं । सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं महानगरमा राति १ बजेसम्म देउसी भैलोको अनुमति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्