भारतबाट आएको तेस्रो लटको राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

नेपालगञ्ज। भारत सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई पठाएको तेस्रो लटको राहत सामग्री बाँके प्रशासनले प्रभावित क्षेत्रमा पठाएको छ ।
नेपालगञ्ज विमानस्थलमा बिहीबार साँझ आइपुगेको तेस्रो लटको सामग्री बिहीबार साँझै प्रभावित क्षेत्रमा पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । भारत सरकारले सिलिपिङ ब्याग २९०० थान, ब्ल्यांकेट २८०० थान, ठूलो टेन्ट २४ थान, सानो टेन्ट ४५ थान र औषधि १०० किलो रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
गत आइतबार भारतबाट पहिलो लट सामान आएको थियो । उक्त सामान भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो । दोस्रो लटको सामग्री सोमबार आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भारतबाट आएको तेस्रो लटको राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाइयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्