प्रहरी वृत्त महाराञगञ्जका डाँकाचोरी गर्ने पाँच जना प्रहरी जेल चलान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन् ।
डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरी जेल चलान भएका हुन् ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अहिले कारागार चलान भएका ५ जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीकर्ता रोका असोज २१ गते राति ठमेलबाट बालुवाटार जान लागेका थिए । सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ ।
रोका र उनका साथी नवराज नगरकोटी छुट्टा–छुट्टै कार चलाएर ठमेलबाट बालुवाटारतर्फ गइरहेका थिए। रोकाका अर्का साथी पनि सँगै, कारको अगाडिको सिटमा सवार थिए ।
ठमेलबाट पानीपोखरी पुग्दा, रातिको करिब साढे ११ बजेको थियो । त्यतिबेला हाल प्रतिवादी बनाइएका सन्तोष पुरीले दुबै कारलाई रोकेको थिए । त्यसपछि पुरीले ‘यी केटीहरुलाई कहाँ बेच्न हिँडेको ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि उनीहरु सबैलाई कारबाट उतारेर ड्युटीमा रहेका असई सुनबहादुरले प्रहरी भ्यानमा राखेर त्रिवि शिक्षण अस्पताल हुँदै निर्मल निवासको गल्लीतर्फ लगेको रोकाको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रहरी वृत्त महाराञगञ्जका डाँकाचोरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्