लेखनाथका तालहरूमा मोती उत्पादन शुरु
पोखरा । पोखराका तालहरूमा मोती उत्पादनको प्रचुर सम्भावना देखिएको छ । बेगनास ताल मत्स्य अनुसन्धान केन्द्र बेगनासले विभिन्न चरणमा गरेको अनुसन्धानबाट पोखराका तालहरूमा सिपी पालनको माध्यमबाट मोती उत्पादन गर्न सकिने र हालका दिनमा मोतीको उत्पादन शुरु भएको केन्द्रका प्रमुख डा। मोहम्मद ईकवाल हुसेनले बताउनुभयो ।
मोतीलाई प्राचीन कालदेखि नै राजा महाराजाहरूले जवाहरत अर्थात् गहनाको रुपमा प्रयोग गर्दै आइरहेको र आज आएर यसको खती गरेर जनताले समेत लगाउन सक्ने अवस्थामा आएको हुसेनले बताउनुभयो । नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भएपनि यसको विषयमा धेरै पहिलेदेखि नै अनुसन्धान हुँदै आइरहेको र स्थानीय रुपमा पाईने सिपी पालन गरी मोती उत्पादन गर्न सकिने प्रमाणित भएको बताउनु भयो ।
उहाँका अनुसार माछासँगै मोती उत्पादन गर्ने सिपीको पनि खेती गर्न सकिने भएकोले मोती एक प्राकृतिक मणि ९रत्न० हो जुन जीवित प्राणी सिपीले उत्पादन गर्दछ । सिपी खोलानाला, पोखरीमा पाल्न सकिन्छ । यसको बाहिरी प्याकेर मासु खान पनि सकिने र मोती उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ ।
मोती उत्पादनको लागी सिपीको आवरणभित्र मेन्टल केविटि सर्जरीको माध्यमबाट इमेजको स्वरूप राख्नुपर्ने र त्यसपछि त्यही स्वरूप अनुसार एकदेखि डेढ वर्षको अवधिमा सिपीले मोती भर्ने काम गर्दछ । ती सिपीलाई सानो थैलीमा डोरीको सहायताले एक वर्षसम्म पानीमा राख्नुपर्ने बताउनुभयो । पोखरामा विभिन्न तालहरू विशेष गरेर रुपाताल सिपिपालनको लागी उपयुक्त हुने उहाँले बताउनुभयो ।
अनुसन्धानको क्रममा एक चरणको सफलता मिलिसकेको र यसलाई पुन अनुसन्धानको दायरामा राखी विभिन्न ठाउँहरूमा समेत परिक्षण भइरहेको छ । यसक्रममा इच्छुकलाई तालिम दिइने र किसानहरूलाई समेत तालिम दिएर व्यवसायीक रुपमा सिपिपालन गरि मोती उत्पादन गरिने र लेखनाथलाई सिपी अर्थात् मोतीको हब केन्द्रका रुपमा विकास गर्ने समेत योजना रहेको केन्द्रका प्रमुख हुसेनको योजना रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लेखनाथका तालहरूमा मोती उत्पादन शुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्