गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि सबै दलहरू प्रतिबद्ध रहेको सर्वदलीय बैठकको निष्कर्ष
काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले वर्तमान व्यवस्थाप्रति ऐक्यबद्धता जनाउंंदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरूले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध सङ्गठित रुपमा जनतामा उत्तेजना फैलाउने काम भइरहेकोमा वर्तमान व्यवस्था प्रति ऐक्यबद्धता जनाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको जनाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौताका सहयात्रीहरू अहिले एक ठाउँमा रहेको र वर्तमान व्यवस्थाकै सुधारबाट जनताले अनुभूति गर्नेगरी कामहरू अगाडि बढाउन लागिपरेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस्ता किसिमका सर्वदलीय बैठक आगामी दिनमा फेरि बस्ने र बैठकका निष्कर्षको आधारमा सुधारका कामहरू सरकारले सबैका सहयोगमा गर्दै जाने पनि बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै नेकपा माओवादी केन्द्रीका उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने बैठकका निचोड निस्किएको बताउनुभयो ।
जीवनभरि लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिबद्ध रहेको र राजनीतिक परिवर्तनको सापेक्षतामा जनताको अवस्थामा परिवर्तन ल्याउनु भने जरुरी रहेको बैठकमा सबैको जोड रहेको पनि उपाध्यक्ष भुसालले बताउनुभयो ।
यस्तै बैठकपछि नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधान र वर्तमान व्यवस्था प्रति भड्काउने, जनतामा निराशा जगाउने, सामाजिक सञ्जालबाट भ्रामक टीकाटिप्पणी गर्ने गराउने प्रवृत्तिबारे बैठकमा छलफल भएको र त्यस विरुद्ध वर्तमान परिवर्तनका शक्तिहरू मिलेर प्रतिवाद गर्नुपर्ने सबैको निष्कर्ष रहेको बताउनुभयो ।
नेताहरूले विस्तृत शान्ति सम्झौताका सहयात्रीहरू यसलाई टुङ्गोमा पुर्याउन र जनतालाई वर्तमान व्यवस्थामा नै अवस्था परिवर्तन हुने गरी विशेष योजनाका साथ काम गर्नुपर्नेमा बैठकमा जोड रहेको पनि बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वदलीय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्