भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउन सरकारलाई काँग्रेसको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसले भूकम्पमा परेका घाइते तथा प्रभावितहरूको राहत, उद्धार र सहयोगका सामग्री एकद्धार प्रणालीमा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ ।
नेपाली काँग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गरी भूकम्प प्रभावितका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै भूकम्प प्रभावितका लागि विभिन्न सङ्घसंस्थाद्वारा उपलब्ध राहत सामग्रीहरु पीडित समक्ष पर्याप्त मात्रामा नपुगेकोले सबै संयत्रलाई एकद्वार उद्धारमा जोडी यथाशीघ्र आवश्यक सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा प्रदेश र स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिनुपर्ने, प्रभावित क्षेत्रका दीर्घकालीन बिरामीको उपचारमा समस्या आउन नदिन घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।
यस्तै, अभिभावक गुमाएका बालबालिकाहरूको उच्च शिक्षाको प्रबन्ध गर्न, पुनर्निर्माणको लागि जनशक्तिको सीप बिकास गर्न पनि सरकालाई सुझाव दिइएको छ ।
नेपाली काँग्रेस पार्टीले पत्रकार सम्मेलन मार्फत भूकम्प जान सक्ने संभावित भूगोलहरू पहिचान गरेर जोखिमयुक्त बस्तीको स्थानान्तरण, सार्वजनिक भवनहरूलाई प्रबलीकरण गर्ने कार्ययोजना निर्माण गर्नुपर्ने पनि आवश्यक रहेको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्