Techie IT
आईतबार, जेठ १७,२०८३

प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक सुरु


काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउसो २ बजे प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित हुनुहुन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, बैठकमा भूकम्पपछिको उद्धार, उपचार र राहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउने र अब कसरी अगाडि बढ्ने सम्बन्धमा दलहरूसँग सुझाव लिइने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक सुरु


तपाईको कमेन्ट लेख्नुहोस्