Techie IT
आईतबार, वैशाख २१,२०८२

महाेत्तरीमा बन्दुक देखाएर लाखाैँकाे डकैती


होत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गए राति एक घरमा डाँकाहरूको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गए राति साढे १ बजेतिर पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाँकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

डाँकाहरूले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीया उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उनले बताए । मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन् ।

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरूले भित्र छिर्नेबित्तिकै हतियारले आक्रमण गर्दै लुटपाट गरेका पीडित परिवारले जनाएका छन् । डाँकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए । डाँकाहरूले चौधरीको घरबाट एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, मोबाइल लगायतका सामान लुटपाट गरेका पीडित चौधरीले जानकारी दिए ।

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए । घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको बताउँदै उनले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उनको भनाइ छ


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545