दोस्रो अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स तथा अर्थोटिक्स दिवस सम्पन्न
काठमाडौ । प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स सोसाइटी नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स तथा अर्थोटिक्स दिवस विभिन्न कार्यक्रम बीच सम्पन्न भएको छ।
आइतबार काठमाडौंमा संस्थाको अध्यक्ष शुकुदेव पौडेल सभाध्यक्ष र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा.प्रशन नापितको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि नापितले हालसम्म पुनर्स्थापनाकाे क्षेत्रमा नेपाल सरकारले गरेका उपलब्धीहरुकाे बारेमा प्रष्ट पार्नुका साथै भविष्यमा प्रोस्थेटिक्स तथा अर्थोटिक्स विषय सरकारी स्तरसम्म पुर्याउने बताउनु भयाे । साेही क्रममा प्रोस्थेटिक्स तथा अर्थोटिक्स सम्बन्धि अन्तरक्रिया समेत भएकाे थियाे ।
कार्यक्रममा नेपालमा जनशक्ति व्यवस्थापन र पुनर्स्थापना केन्द्रमा प्रोस्थेटिक्स तथा अर्थोटिक्स क्षेत्रमा देखिएको चुनाैती समस्याहरु सम्बन्धी राष्ट्रिय नीति, रणनीति, गाइडलाइन, योजना बनाउने र कार्यक्रमहरु कार्यान्वयन गर्ने बिषयमा छलफल भएको थियोे ।
उक्त कार्यक्रममा USAID’s तथा Handicap International , Physical Rehabilitation Activity काे आर्थिक सहयाेगमा सम्पन्न भएकाे हाे ।
क्याटेगोरी : समाचार
ट्याग : #दोस्रो अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स तथा अर्थोटिक्स दिवस सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्