गोरखामा सयवर्ष कट्ने ज्येष्ठ नागरिकमध्य पुरुषभन्दा महिला धेरै
गोरखामा सयबर्ष कट्ने ज्येष्ठ नागरिकको तथ्यांक विश्लेषण गर्दा पुरुषभन्दा महिला धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार दुईलाख ५१ हजार जनसंख्या रहेको गोरखामा सयवर्ष कटेका ज्येष्ठ नागरिकको संख्या ६७ रहेको छ । उनीहरुमध्य ३१ जना पुरुष छन् भने महिलाको संख्या ३६ रहेको छ ।
सयबर्ष कट्ने ज्येष्ठ नागरिकको संख्या सबैभन्दा धेरै गोरखा नगरपालिकामा छ । यहाँ पाँचजना पुरुष र १० जना महिला गरी १५ जनाले सयबर्ष नाघेका छन् । त्यस्तै पालुङटार नगरपालिकामा ५ जना पुरुष र ७ जना महिला गरी १२ जना एक वर्ष वर्ष पुगेको तथ्यांक कार्यालयको अभिलेखमा उल्लेख छ । त्यस्तै, सबै भन्दा कम चुमनुब्री गाउँपालिकामा एक सय वर्ष पुगेकाको संख्या एकजना मात्र छ, उनी महिला हुन् ।
तथ्यांक अनुसार भीमसेनथापा गाउँपालिकामा एक जना पुरुष र ५ जना महिला गरी ६ जना, सिरानचोक गाउँपालिकामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, सहिद लखन गाउँपालिकामा २ जना पुरुष र ३ जना महिला गरी ५ जना र बारपाक सुलिकोट गाउँपालिकामा पनि २ जना पुरुष र ३ जना महिला गरी ५ जना रहेका छन् ।
त्यस्तै, अजिरकोट गाउँपालिकामा ४ जना पुरुष मात्र, धार्चे गाउँपालिकामा ३ जना पुरुष र १ जना महिला गरी ४ जना, आरुघाट गाउँपालिकामा २ जना महिला र २ जना पुरुष गरी ४ जना र गण्डकी गाउँपालिकामा २ जना पुरुष र १ जना महिला गरी ३ जनाले सयवर्ष नाघेका तथ्यांकमा उल्लेख छ ।
सो तथ्यांक अनुसार गोरखामा ९५ वर्ष उमेरका ८५ जना, ९६ वर्ष उमेरका ६२ जना, ९७ वर्ष उमेरका ३२ जना, ९८ वर्ष उमेरका ९१ जना र ९९ वर्ष उमेरका ५५ जना रहेको जनाएको छ ।
गण्डकी प्रदेशमा एक सय वर्ष उमेर समूहका ३ सय ७७ जना रहेका छन् । ती मध्ये गोरखाका ६७ जना रहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गोरखा जिल्लाका कुल जनसंख्या २ लाख ५१ हजार २७ रहेको छ । जसमा पुरुषको संख्या १ लाख १८ हजार १५५ जना र महिलाको संख्या १ लाख ३२ हजार ८७२ रहेको छ । दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : #ज्येष्ठ नागरिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्