गोरखामा सयवर्ष कट्ने ज्येष्ठ नागरिकमध्य पुरुषभन्दा महिला धेरै

गोरखामा सयबर्ष कट्ने ज्येष्ठ नागरिकको तथ्यांक विश्लेषण गर्दा पुरुषभन्दा महिला धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार दुईलाख ५१ हजार जनसंख्या रहेको गोरखामा सयवर्ष कटेका ज्येष्ठ नागरिकको संख्या ६७ रहेको छ । उनीहरुमध्य ३१ जना पुरुष छन् भने महिलाको संख्या ३६ रहेको छ ।
सयबर्ष कट्ने ज्येष्ठ नागरिकको संख्या सबैभन्दा धेरै गोरखा नगरपालिकामा छ । यहाँ पाँचजना पुरुष र १० जना महिला गरी १५ जनाले सयबर्ष नाघेका छन् । त्यस्तै पालुङटार नगरपालिकामा ५ जना पुरुष र ७ जना महिला गरी १२ जना एक वर्ष वर्ष पुगेको तथ्यांक कार्यालयको अभिलेखमा उल्लेख छ । त्यस्तै, सबै भन्दा कम चुमनुब्री गाउँपालिकामा एक सय वर्ष पुगेकाको संख्या एकजना मात्र छ, उनी महिला हुन् ।
तथ्यांक अनुसार भीमसेनथापा गाउँपालिकामा एक जना पुरुष र ५ जना महिला गरी ६ जना, सिरानचोक गाउँपालिकामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, सहिद लखन गाउँपालिकामा २ जना पुरुष र ३ जना महिला गरी ५ जना र बारपाक सुलिकोट गाउँपालिकामा पनि २ जना पुरुष र ३ जना महिला गरी ५ जना रहेका छन् ।
त्यस्तै, अजिरकोट गाउँपालिकामा ४ जना पुरुष मात्र, धार्चे गाउँपालिकामा ३ जना पुरुष र १ जना महिला गरी ४ जना, आरुघाट गाउँपालिकामा २ जना महिला र २ जना पुरुष गरी ४ जना र गण्डकी गाउँपालिकामा २ जना पुरुष र १ जना महिला गरी ३ जनाले सयवर्ष नाघेका तथ्यांकमा उल्लेख छ ।
सो तथ्यांक अनुसार गोरखामा ९५ वर्ष उमेरका ८५ जना, ९६ वर्ष उमेरका ६२ जना, ९७ वर्ष उमेरका ३२ जना, ९८ वर्ष उमेरका ९१ जना र ९९ वर्ष उमेरका ५५ जना रहेको जनाएको छ ।
गण्डकी प्रदेशमा एक सय वर्ष उमेर समूहका ३ सय ७७ जना रहेका छन् । ती मध्ये गोरखाका ६७ जना रहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गोरखा जिल्लाका कुल जनसंख्या २ लाख ५१ हजार २७ रहेको छ । जसमा पुरुषको संख्या १ लाख १८ हजार १५५ जना र महिलाको संख्या १ लाख ३२ हजार ८७२ रहेको छ । दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : #ज्येष्ठ नागरिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्