नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर रु ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नबिल बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैङ्कको रु चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो । ग्लोबल आइएमई बैङ्क रु तीन करोड १७ लाख ७९ हजार आठ सय ७४, एनआइसी एशिया बैङ्क रु तीन करोड तीन लाख ८० हजार दुई सय १०, हिमालयन डिस्टिलरी रु दुई करोड ८९ लाख ५९ हजार चार सय २४ र नवील बैङ्क रु दुई करोड ८७ लाख ५२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार एनआइसी एशिया लघुवित्त छ दशमलव ९७, तारागाउँ रिजेन्सी होटल पाँच दशमलव ४७, माया खोला हाइड्रोपावर चार दशमलव २५, एशियन हाइड्रोपावर तीन दशमलव ७५ र नेशनल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ५७ प्रतिशतले कमाएका छन् ।
हिमालयन लघुवित्त १०, वाराही लघुवित्त सात दशमलव ९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर छ दशमलव ७६, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ७३ र सबैको लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् । रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्