जुम्लामा अटो दुर्घटनाहुँदा दुईको मृत्यु,एक घाइते

जुम्ला । जुम्लामा शनिवार राती अटो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिमा गाउँपालिका वडा नं १ स्थित नाग्मबाट दियारगाउँ जाँदै गरेको भे १ ह ३९९७ नम्बरको अटो बड्की गाउँ नजिक दुर्घटना हुँदा हिमा( १ निवासी अन्दाजी वर्ष ४५ का अटो चालक पदम शाही र सोही वडाका अन्दाजी वर्ष ४२ का यात्रु बलि रोकायाको मृत्यु भएको जुम्लाका प्रहरी नायब उपरिक्षक ९डिएसपी० प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा स्थानीय नन्द रोकाया घाइते भएका छन् । घाइते रोकायाको अवस्था गम्भीर रहेकोले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको डिएसपी कार्कीले बताउनुभयो ।
दुर्घटनाको खबर पाउने बित्तिकै घाइतेको उद्धारका लागि पालिकाको एम्बुलेन्स पठाइएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार अटो सडकबाट ५ सय मिटर तल खोलामा खसेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #एक घाइते, #जुम्लामा अटो दुर्घटनाहुँदा दुईको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्