जाजरकोट भूकम्प: मृतकका परिवारलाई २ लाख र घर भत्केकालाई १ लाख दिने सरकारको निर्णय
काठमाडौँ– सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत दिने भएको छ।
आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। यस्तै, घर भत्किएका पीडितलाई तत्काल आवास बनाउन एक लाख रुपैयाँ दिने निर्णय भएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले उकालोलाई जानकारी दिए।
सरकारले सुर्खेतलाई केन्द्र बनाएर राहत वितरण प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ।
यसैगरी, राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी बनाउने, खोज उद्धार र राहतका लागि सरकारका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको मन्त्री ज्वालाले बताए।
सरकारले भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गराउने भएको गरेको छ। निजी अस्पतालमा पनि निःशुल्क घाइतेको निस्शुल्क उपचार हुनेछ।
भूकम्प पीडितहरूको उद्धारको काम सकिएको र अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय भएको मन्त्री ज्वालाले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जाजरकोट भूकम्प: मृतकका परिवारलाई २ लाख र घर भत्केकालाई १ लाख दिने सरकारको निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्