टी–२० विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले शुक्रबार संयुक्त अरव इमिरेट्स ९यूएई०सँग खेल्दैछ ।
यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । दुबै देशको टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे शुरु हुनेछ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर आएको छ । नेपाललाई फाइनल प्रवेशका लागि मात्र नभई यो खेल विश्वकपमा छनोट हुन समेत महत्वपूर्ण हुनेछ ।
सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को २०२४मा हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ । छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण हुनेछ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #टी–२० विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्