सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन सकेन: बिष्णु पौडेल
काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन नसेकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पौडेलले सरकारका कारण संसद्को चालु अधिवेशन प्रभावकारी नभएको र सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको आरोप लगाएका हुन् ।
उनले संसदमा सांसदहरूले उठाएको आवाजको जवाफ सरकारले दिन नचाहेको जिकिर गरे । पौडेलले सम्वाद सहमति र सहकार्य राम्रो कुरा भएपनि प्रतिपक्षीका जायज आवाजहरूलाई दमन गरेर सरकारले सम्वाद सहमति र सहकार्यको खिल्ली उडाएको धारणा राखे ।
जनयुद्धलाई राष्ट्रिय दिवस मानेर चलेको सत्ता गठबन्धन अहिलेसम्मको सुन्दर गठबन्धन भन्दै उनले कटाक्ष गरे । पौडेलले सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने सदनमा प्रस्तुत गरेर पारित गर्न चुनौती दिए ।
उनले फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै त्यस दिनलाई उत्सवको रुपमा मनाउन नसकिने स्पष्ट पारे । उनले अर्थतन्त्र चौतर्फी संकटमा रहेपनि संकट समाधानका लागि सम्पूर्णरूपले असफल रहेको तर्क गरे ।
उनले अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सरोकारवालाहरूलाई सहभागी गराएर महासम्मेलन गर्नुपर्नेमा उनले जोड दिए ।
क्याटेगोरी : bannernews, राजनीति, समाचार
ट्याग : ##Bearking, #बिष्णु पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्