ओमानसँग पराजित हुँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं,१६ कार्तिक । आईसीसी टी(२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ रनको झिनो हार बेहोरेको छ ।
त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।
८३ रनमै सात विकेट गुमाएको नेपालले विवेक यादवले खेलमा फर्काउने प्रयाश गरेका थिए । विवेकले अन्तिम ओभरको सुरुवातका ३ बलमा लगातार छक्का हानेर जिततर्फ डाहोरयाएका थिए । तर चौथो बलमा वाउण्डी प्रहार गर्न खाज्दा उनको विकेट जान पुग्यो । उनले समग्रमा २४ बलमा ५ छक्का हान्दै ३९ रन जोडेका थिए ।
विवेकका अलवा नेपालका लागि कुशल भुर्तेलले २६, करण केसीले १५, सन्दीप जोरा, राहित पौडेल र सोमपाल कामीले समान १२ रन जोडेका थिए ।
बलिङतर्फ ओमानका बिल्लान खानले ३ तथा, साकेल अह्मद, र जिसन मक्सुदले समान २ विकेट लिए ।
ओमानसँग हारेसँगै नेपाल समूह उपविजेताबन्दै समेफाइनलमा प्रवेश गरेको छ । नेपालले अब फाइनल प्रवेशका लागि भोलि युएईसँग खेल्नेछ । यूएईलाई हराउन सके नेपाल अर्को वर्ष हुने टी(२० विश्वकपमा छनोट हुनेछ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #ओमानसँग पराजित हुँदै नेपाल सेमिफाइनलमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्