रिगलको कैद मिनाहाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतले फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका योगराज ढकालको मुद्दामा आज फैसला सुनाउने भएको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधवार बहस सकिएपछि आजका लागि निसु तोकेको हो ।
व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाई गर्दै पुर्ण इजलासमा निरन्तर सुनुवाई गरि मुद्दाको शीघ्र टुंगो लगाउन आदेश गरेको थियो ।
असोज २५ गते प्रधानन्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकी प्रारम्भिक सुनुवाइपछि हेर्न नमिल्ने भन्दै इजलास कात्तिक १४ गतेका लागि अर्को पेशी तोकेको थियो ।
नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगललाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वोच्च अदालत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्