कर्णालीका शाही नेपाल जेसीजकाे अध्यक्ष पदमा उम्मेदवारी दर्ता
नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिल बहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णाली जेसीजका संस्थापक अध्यक्ष शाहीले नेपाल जेसीज सचिवालयमा अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेका हुन् ।
युवा जाेश जागरले भरिएका शाही कर्णाली प्रदेशवाट नेतृत्व गर्दै जेसीजमा महत्त्वपूर्ण याेगदान दिदै आईरहेका छन् ।
शाही २००७ वाट जेसीज यात्रा आरम्भ गर्दै २०१२/२०१३ मा कर्णाली जेसीजकाे संस्थापक अध्यक्ष भईसकेका छन् । शाही विगत कर्णालीबाट सक्षम युवाकाे रूपमा उदायका एक पात्र हुन् ।
शाही कर्णाली जेसीजवाट २०१५ मा राष्ट्रिय उपाध्यक्ष,२०१८ मा तालिम आयुक्त,२०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जस्ता पदमा निर्वाचित भईसकेका छन् ।
उम्मेदवारी दर्ता गराए संगै शाहीले समग्र जेसीजकाे रूपान्तर र युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा नयाँ पन दिदै देशै भरिका युवाहरूलाई जेसीजका माध्यमवाट सकारात्मक र रचनात्मक दिशा काेर्ने बताए ।
शाही सहित ४ जना अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएकाे छ । राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ पदका लागि १३ जना र राष्ट्रिय उपाध्यक्ष १२ पदका लागि २२ जनाकाे मनाेनयन दर्ता भएकाे नेपाल जेसीजले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्