मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेले भन्यो : गैरजिम्मेवार अभिव्यक्ति
काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु हुन लागेको संकेत गरेको भन्दै जनतालाई सचेत हुन अनुरोध गरेको छ ।
दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामाकरण लगायतका ऐतिहासिक विषयहरुमा टुंगो लगाइसकेकोमा त्यसका विरुद्ध मुख्यमन्त्री जम्कट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध गरेको हो ।
एमाले संसदीय दलको बैठकमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेलको विषेश आतिथ्यता रहेको थियो । बैठकमा प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशवराज पाण्डे, नवनिर्वाचित उपाध्यक्ष दावा दोर्जे लामा, सचिव नवराज सिलवाल, उपसचिव प्रेम बहादुर महर्जन, उपत्यका विषेश कमिटीका उपसचिव उर्मिला सुनुवार लगायतको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री जम्कट्टेलले केही साता अघि एक कार्यक्रममा बागमती प्रदेशको नाम परिवर्तन गरेर नेवा–ताम्सालिङ राख्नुपर्ने र प्रदेशको राजधानी समेत परिवर्तन गर्नुपर्ने अभिव्यक्ति थिए ।
विसं २०७६ पुस २७ गते बसेको प्रदेश सभा बैठकले तत्कालिन प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गरेको थियो । प्रदेश सभाले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास गरेको थियो
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##Bearking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्