गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच झडप
काठमाडौं । गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ ।
एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टीम पुगेपछि विवाद र हातपात भएको हो ।
पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।
अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो ।
पराजित पक्षनिकट स्रोतका अनुसार शर्मालाई युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेपछि उनी त्यहाँबाट सरासर फर्किए । तर, सो समूहका केही नेतामाथि घाइते हुने गरी हातपात भएको उनको भनाइ छ ।
पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो ।
बधाइ दिन गएको महेश बस्नेतको टोलीले भिडिआ खिच्दै मुख छाडेपछि विवाद हुँदा मोबाइल खोस्ने क्रममा ओम शर्मा भन्ने व्यक्तिको ओठमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । अन्य कसैमाथि कुटपीट नभएको उनीहरुको भनाइ छ ।
एनआरएन अभियन्ता पर्शु बस्नेतले भने नजिकै कार्यक्रममा सहभागी भएका महेश बस्नेत एनआरएन केन्द्रीय कार्यालयमा गएर नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पराजित पक्षका केही व्यक्तिले दुर्व्यवहार गर्न थालेपछि सामान्य विवाद भएको बताए । उनले युवा संघको तर्फबाट हातपात नभएको दाबी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गैर आवासीय नेपाली संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्